दफा १०
कार्यकारी समितिको गठन
(१) दफा ३ बमोजिम गठन भएको बोर्डको तर्पmबाट सम्पादन गर्नु पर्ने सम्पूर्ण काम कारबाही सुचारुरुपले सम्पादन गर्न एक कार्यकारी समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहनेछन् ः–
(क) बोर्डको भौगोलिक क्षेत्रभित्रका नगरपालिकाको प्रमुख – सदस्य
(ख) प्रतिनिधि, भौतिक योजना तथा निर्माण मन्त्रालय – सदस्य
(ग) बोर्डको भौगोलिक क्षेत्रभित्रका गाउँपालिकाका अध्यक्षहरुले आपूmहरुमध्येबाट छानेको गाउँपालिकाको एकजना अध्यक्ष – सदस्य
(घ) स्थानीय उद्योग वाणिज्य संघको अध्यक्ष – सदस्य
(ङ) स्थानीय उपभोक्ता संघको अध्यक्ष – सदस्य
(च) खानेपानी वा सरसफाई सेवा क्षेत्रमा कार्यरत स्थानीय गैर सरकारी संस्थाहरुमध्येबाट समितिले मनोनयन गरेको एकजना व्यक्ति – सदस्य
(छ) खानेपानी तथा सरसफाई सेवा क्षेत्रका विज्ञहरुमध्येबाट समितिले मनोनयन गरेको एकजना – सदस्य
(३) उपदफा (२) को खण्ड (ग), (घ) वा (ङ) बमोजिमको सदस्यले प्रतिनिधित्व गर्दा सम्बन्धित क्षेत्रमा एकभन्दा बढी संस्था भएमा त्यस्तो संस्थाले आलोपालो गरी प्रतिनिधित्व गर्नु पर्नेछ ।
तर त्यस्ता संस्थाहरुबीच आलोपालो गरी प्रतिनिधित्व गर्ने सम्बन्धमा सहमति हुन नसकेमा त्यस्ता संस्थाहरुमध्येबाट प्रतिनिधित्व हुने गरी समिति आपैmले मनोनयन गर्नेछ ।
(४) उपदफा (२) को खण्ड (च) बमोजिम सदस्य मनोनयन गर्दा उपलब्ध भएसम्म महिलालाई प्राथमिकता दिनु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(६) समितिका सदस्यहरुले आपूmहरुमध्येबाट छानेको व्यक्ति समितिको अध्यक्ष हुनेछ ।
(७) समितिका सदस्यले आफ्नो कार्य सम्हाल्नुअघि अनुसूचीमा उल्लेख भएबमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
(८) कार्यकारी निर्देशकले समितिको सचिव भई काम गर्नेछ ।